कुनै ठाउँमा एकजना पाष्टर हुनुहुन्थ्यो । उहाँको एकजना छोरा पनि थिए । उनीहरु हरेक दिन सु–समाचार प्रचार गर्न गाउँ गाउँमा जाने गर्दर्थे । अनि त्यसैगरी साप्ताहिक संङगतीको दिन आयो । अनी तिनीहरु साप्ताहिक सङगती गए । त्यहाँ उनीहरु संङगतीमा प्रार्थना स्तुति आराधना गरे ।
पाष्टरले वचन दिईसकेपछी अन्तिम प्रार्थना गरे । अनि घर फर्किनलाई बाहिर निस्के तर बाहिर भने ठुलो पानी परिरहेको थियो । अनि तिनीहरु रुझ्दै घर सम्म आइपुगे । घर आइसकेपछी तिनिहरुले कपडा फेरे । अनि खाजा खाईसकेपछी छोराले भन्न लाग्यो । बाबा आज प्रचार गर्न जाने होइन ? अनि पाष्टरले आफ्नो छोरालाई जवाफ दिए ।
छोरा आज ठुलो पानी परिरहेको छ त्यसकारण आज नजाऔँ । भोली जाउँला भनेर भने तर प्रचार गर्न जानुपर्छ भनेर छोराले जिद्दी गर्न थाल्यो । अनि पाष्टरले आफ्नो छोरालाई भने म आज जादिन तिमी एक्लै जाउ छोरा प्रचार गर्न भनिसकेपछी उनको छोराले सुुसमाचारको पर्चाहरु झोलामा राख्यो अनि छाता लगेर गाउँ तिर प्रचार गर्न गयो । त्यो छोरा सानो नै थियो त्यो केटाले पर्चाहरु बाड्ने काम गथ्र्यो होला । अनि उसले आफूले ल्याएका पर्चाहरु मानिसहरुलाई बाड्यो अनि उ सित अन्तिम एउटा पर्चा बाकीँ रह्यो र त्यो पर्चा पनि बाड्ने भनेर त्यो केटा एउटा घर तिर लाग्यो । अनि त्यो घरको बाहिर ढोकाको साइडमा घण्टीको बटन थियो । उसले त्यो बटन दवायो । तर त्यो घर बाट कोही मानिस निस्किएन । तर पनि त्यो केटाले त्यो घण्टी बजाउन छोडेन ।
उसले लामो समय सम्म त्यो घण्टी बजाएपछी एकजना बुढी मान्छे घर भित्र बाट आउनुभयो । अनि उहाँले भन्नुभयो के खोजेको बाबु ? त्यसपछी त्यो केटाले भन्यो परमेश्वरले तपाईलाई असाध्यै प्रेम गर्नुहुन्छ भनि त्यो अन्तिम पर्चा त्यो बुढी आमालाई दिएर त्यो केटा घर फक्र्यो । अनि केही दिन पछि फेरी साप्ताहिक संगतीको दिन आयो । चर्चमा संगती गर्ने भनेर पाष्टरको सबै परिवार चर्चमा गए । अनि संगती सुरु भयो । गित कोरसहरु गाए । स्तुति प्रशंसा गरे । अनि केही समयपछी स्वागतको भाग आयो । अनि पाष्टरले अगाडी पुलपिट बाट भने आज मात्र यस मण्डलीमा कोही नयाँ आउनुभएको छ भने आफ्नो नाम ठेगाना भनिदिनुहोस ताकी आउँदा दिनहरुमा तपाईहरुलाई सजिलै चिन्न सक्नेछौँ र अहिले हामी यस मण्डलीमा तपाईलाई स्वागत गर्नेछौँ ।
पाष्टरले यो भनेपछी पछाडी कुर्सिबाट एकजना बुढी महिला विस्तारै उठ्नुभयो । जुन महिलालाई पाष्टरको छोराले सुसमाचारीय पर्चा दिएको थियो । अनि उनीले आफ्नो नाम ठेगाना भन्न थालिन र उनिले त्यो कुरा पनि भनिन । म बितेका दिनहरुमा प्रेमविहिन थिइन् । मलाई मेरा छोराबुहारीले एक्लै छोडिदिएका छन् । त्यसकारण म संसारदेखी हरेस खाएर आत्महत्या गरेर मर्ने योजना बनाइरहेकी थिए । जब त्यो बालकले मेरो घरको घण्टी बजाईरहेको थियो । त्यतिबेला म पङ्खामा डोरीको पासो लगाएर आफ्नो टाउको त्यो पासो भित्र हालिसकेकी थिए । तर त्यो लामो समयसम्म घण्टी बजाएको कारण को रहेछ ।
यति लामो सम्म घण्टी बजाउने एकपटक हेर्छु । अनि त्यो मान्छे गएपछी आत्महत्या गर्छु भनेर मैले सोचे । अनि मैले विस्तारै ढोका खोले र त्यहाँ एउटा बालक देखे जुन बालको हातमा एउटा पर्चा थियो । अनि त्यो बालकले भन्यो तपाईलाई परमेश्वरले असाध्यै प्रेम गर्नुहुन्छ भन्यो र त्यो पर्चा पनी दियो । र मैले विचार गरे कोही त रहेछ जसले मलाई प्रेम गर्दोरहेछ । अनि त्यो बालक त्यहाँ बाट गयो र मैले यो के पर्चारहेछ भनि पढ्ने विचार गरे । अनि त्यो पर्चा पुरा पढे । जहाँ परमेश्वरको प्रेम उद्दार मुक्तीको बारेमा थियो । अनि मैले महसुस गरे ।
मानिसहरुले मलाई प्रेम नगरेपनी परमेश्वरले मलाई प्रेम गर्नुहुदोरहेछ । अनि त्यसपछी मैले जुन आत्माहत्या गर्ने योजना थियो । त्यसलाई आफ्नो मनदेखी फालिदिए । र मैले नयाँ आशा प्रेम पाए । प्रिय हो यो कथाले हामीलाई चुनौती दिन्छ आज यि बुढी मान्छेहरु जस्तै कति मानिसहरुले आत्माहत्या गर्न सोचिरहेका छन *। कति मानिसहरुले आफ्नो आत्मा गुमाईरहेका छन् । आज त्यो बालक जस्तै हामी बन्न जरुरी छ ।